मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख ९०६नम्बरको बसले बन्जाडे सवार लु२६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो।

घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे उनको मृत्यु भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए। दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीतगढीमा दुर्घटना भएको थियो।

माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा होमिएका बन्जाडेको निधनले पार्टीले एक असल र इमानदार कार्यकर्ता गुमाएको माओवादी नेता विनोद पहाडीले बताए। ‘सामान्य जीवनशैली तर संगठनका लागि जीवन दिने एक अभिभावकीय नेता गुमाउनुपर्‍यो,’ पहाडीले भने।

सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन्। ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए। अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीतगढीमा बस्दै आएका छन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP