मंगलबार , अषोज २७, २०८३

आइसीसी टी २० महिला विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई ८ विकेटले हरायो ।

दुबई स्थित आइसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २० ओभमा ६ विकेट गुमाउँदा मात्र ६१ रन बनाउन सक्यो ।

मध्यम सुरुवात गरेको भुटानले ३० रनमा पहिलो विकेट गुमाएको थियो । ३३ रन हुँदा दोस्रो विकेट खेर फालेको भुटानले ३८ रन बनाउँदा तेस्रो विकेट गुमायो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्ड ५६ रन बनाउँदा उसको ६ विकेट गएको थियो ।

भुटानका लागि सोनम पाल्डोनले ११, नगवाङ छोडेनले १३ रन बनाउँदा डेचेन वाङ्मो दुई रनमा आउट भइन । यस्तै कप्तान एसे छोडेन नौ रनमा आउट भइन भने छिरिङ जांमो ६ रनमा पेभेलियन फर्किइन । यस्तै पेमा सेल्डोन मात्र एक रनमा आउट भइन ।

बलिङमा नेपालका लागि सिता रानामगरले तीन तथा करुणा भण्डारीले एक विकेट लिइन ।

जवाफमा नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेको थियो ।

जसमा सिता रानामगर १७ रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान रुविना क्षेत्री र इन्दु बर्माले नेपाललाई जितको नजिक पुर्याइन । जसमा रुविना १० रनमा रनआउट हँदा नेपालले ५६ रनमा दोस्रो विकेट गुमायो ।

नेपालको जितमा इन्दु बर्माले अविजित २६ रन बनाइन । अब नेपालले तेस्रो खेलमा विहिबार कुवेतसँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा नेपाललाई हराएको हङकङ यूएईसँग पराजित भएपछि नेपालको ग्लोबल छनोटमा स्थान बनाउने संभावना कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP