नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो परिक्षणको ३ दशमलव ४४ प्रतिशत हो । हालसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार ६ सय ९९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा दुई सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ सय ९० पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यही अवधिमा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्युहुनेको संख्या ११ हजार पाँच सय नौ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ९८ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७९ लाख ९० हजार एक सय ९० जनाले पूर्ण मात्रा र ९२ लाख ६ हजार एक सय ८७ जनाल एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।