मंगलबार , अषोज २७, २०८३

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो परिक्षणको ३ दशमलव ४४ प्रतिशत हो । हालसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार ६ सय ९९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा दुई सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ सय ९० पुगेको छ । अहिले नेपालमा सात हजार तीन सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाका कारण मृत्युहुनेको संख्या ११ हजार पाँच सय नौ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ९८ हजार पाँच सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७९ लाख ९० हजार एक सय ९० जनाले पूर्ण मात्रा र ९२ लाख ६ हजार एक सय ८७ जनाल एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP