मंगलबार , बैसाख २९, २०८३

-तुलसीमा जल चढाउनु दिनहुँ बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।

-सूर्यलाई जल चढाउनु शास्त्रहरुमा भनिएको छ जो मानिस दिनहुँ सूर्यलाई जल अर्पित गर्छ । घर परिवार वा समाजमा उसको मान सम्मान हुन्छ । राम्रो स्वास्थको लागि पनि यो कार्य गर्नु अनिवार्य मानिन्छ । अनुहारको चमकता बढ्छ । स्वास्थ्य सम्बन्धी धेरै कुरा प्राप्त गर्न सकिन्छ ।

-गाईलाई रोटी ख्वाउनुहोस् सक्नु हुन्छ भने बिहान खाना बनाउने समयमा पहिलो रोटी गाईलाई ख्वाउनुहोस् । हर दिन गाईलाई रोटी ख्वाउन सकियो भने कयौ समस्याहरू हट्दै जाने विश्वास छ । घरमा अन्न र धनको कमी हुन पाउँदैन भनिन्छ ।

-योग एवं ध्यान गर्नुहोस् लामो समय सम्म स्वस्थ रहन र शरीरलाई फूर्तिलो बनाइ राख्नको लागि सर्वश्रेष्ठ उपाय भनेको योगा हो । योगाले शरीरलाई धेरै किसिमका विमारीहरुबाट बचाउँछ । मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्छ । ध्यानले क्रोधलाई नियन्त्रण गर्छ । मानसिक तनाब बाट मुक्ती दिलाउँछ । शरीरलाई रोग सँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

-घरको मन्दिरमा पूजा गर्नुहोस् हरेक दिन बिहान घरमा आफूले स्थापना गरेको मन्दिरमा दियो बाल्नु अगरबत्ति जलाउनु उत्तम कार्य मानिन्छ ।दिनको संकेत विहानले देखाउँछ भनिन्छ । दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ । विहान त्यस्ता कामले गर्दा तपाईंको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ ।

आज हामी तपाईंलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईंले विहान उठ्ने वित्तिकै गर्नुभयो भने तपाईंको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP