आइतबार , जेठ २६, २०८२

मंगलबार विशेषगरी हनुमानको पूजा आराधना गरिन्छ । यस दिन हनुमानको उपासनासँगै व्रत बस्ने धार्मिक चलन छ ।

रामभक्त संकटमोचक हनुमानका नाममा मंगलबार समर्पित छ । त्यसैले हरेक मंगलबार हनुमान मन्दिरमा भक्तको भिड हुन्छ । तर पनि मंगलबार हनुमानको पूजा गरिन्छ ।

हनुमानको पूजा मंगलबार गर्नुमा विशेष कारण छ । हनुमान र मंगलबारको अत्यन्त गहिरो सम्बन्ध छ । स्कन्द पुराण अनुसार पवन पुत्र हनुमानको जन्म मंगलबार नै भएको थियो । त्यसैले धर्मशास्त्र अनुसार मंगलवारको व्रत राखे वा पूजा गरे हनुमान चाँडै प्रसन्न हुन्छन् । यस दिन हनुमानको उपासनाका क्रममा हनुमान चालिसा र सुन्दरकाण्ड पाठ गरिन्छ ।

ज्योतिष शास्त्र अनुसार मंगलबार हनुमानको पूजा गर्नुको विशेष महत्त्व छ । जसको कुण्डलीमा मंगल ग्रहको अशुभ स्थिति हुन्छ त्यस्ता व्यक्तिले मंगलबारको हनुमान पूजा र उपाय गरे लाभ मिल्ने ज्योतिषमय मान्यता छ ।

यति मात्र होइन, मंगलबार हनुमानको पूजा–अर्चना गर्दा शनिको कुदृष्टिबाट समेत राहत पाउन सकिने ज्योतिषमय मान्यता छ । जुन राशिका जातकमा शनिको महादशा चलेको छ उनीहरूले मंगलबार हनुमानको पूजा गरे अत्यन्त लाभ हुने ज्योतिषमय मान्यता छ । यही कारणले हनुमानको उपासना मंगलबारको सट्टा शनिवार समेत गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP