मंगलबार , भाद्र १६, २०८३

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको जीप आईतबार बेलुकी कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।

जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । दुर्घटनामा परी घाइते भएका २ जना मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भिर घाइते भएका एक जनाको उपचार भइरहेको छ । मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन् । दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको मृत्यु भएको हो । जीप सडकबाट सात सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP