बिहिबार , बैसाख १८, २०८२

ग्रनाडामाथि शानदार जीत हासिल गर्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४-१ गोलले विजयी भएको हो । पहिलो हाफमा मार्को असेन्सिया र नाचोले रियललाई अग्रता दिलाए पनि ग्रनाडाका लुइस सुवारेजले हाफ टाइमअघि एक गोल फर्काएका थिए ।

दोस्रो हाफमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनः दुई गोलको अग्रता दिलाए । यो सिजन भिनिसियसले सबै प्रतियोगितामा १५ खेलमा १० गोल गरेका छन् । त्यसपछि मोन्चुले रातो कार्ड खाएपछि ग्रनाडा १० खेलाडीमा सीमित बन्यो ।

खेलको ७६ औँ मिनेटमा फर्लान मेन्डीले अर्को गोल थप्दै रियललाई सहज जीत दिलाए । जीतसँगै रियल सोसिडाड र सेभियालाई उछिन्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलपछि रियलको ३० अंक रहेको छ । ग्रनाडा भने रेलिगेसजन जोनमा पुगेको छ । आइतबार नै भएका अन्य खेलमा सोसिडाड र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु