मंगलबार , अषोज २७, २०८३

ग्रनाडामाथि शानदार जीत हासिल गर्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४-१ गोलले विजयी भएको हो । पहिलो हाफमा मार्को असेन्सिया र नाचोले रियललाई अग्रता दिलाए पनि ग्रनाडाका लुइस सुवारेजले हाफ टाइमअघि एक गोल फर्काएका थिए ।

दोस्रो हाफमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनः दुई गोलको अग्रता दिलाए । यो सिजन भिनिसियसले सबै प्रतियोगितामा १५ खेलमा १० गोल गरेका छन् । त्यसपछि मोन्चुले रातो कार्ड खाएपछि ग्रनाडा १० खेलाडीमा सीमित बन्यो ।

खेलको ७६ औँ मिनेटमा फर्लान मेन्डीले अर्को गोल थप्दै रियललाई सहज जीत दिलाए । जीतसँगै रियल सोसिडाड र सेभियालाई उछिन्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलपछि रियलको ३० अंक रहेको छ । ग्रनाडा भने रेलिगेसजन जोनमा पुगेको छ । आइतबार नै भएका अन्य खेलमा सोसिडाड र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP