मंगलबार , बैसाख २९, २०८३

नेकपा एमाले फुटेपछि १०औं महाधिवेशनको मुखमा छ । नवौं महाधिवेशनमा एमाले एकजुट थियो । अध्यक्षमा केपी शर्मा ओलीले माधवकुमार नेपाललाई झीनो मतले पराजित गरेका थिए । दुवैको आधा आधा शक्ति थियो ।

एमाले फुटेपछि ओलीको पार्टीभित्र ९० प्रतिशत शक्ति देखिएको छ । विरोधी शक्तिहरु पनि विभाजित देखिएका छन् ।

एमाले नफुटेको भए ओलीलाई अध्यक्ष बन्न कडा चुनौती मिल्थ्यो । उनलाई माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेताहरुले मुश्किल बनाउथे । उनीहरु एमालेमा नरहेपछि ओलीको एकलौटी जस्तै भएको छ ।

ओलीले एमाले फुटेपछि विधान महाधिवेशन गर्न सफल भए । यो उनलाई अर्को कार्यकाल अध्यक्ष बन्ने ढोका खोल्नका लागि भएको थियो । एमालेको नवौं महाधिवेशनमा ७० वर्ष कटेपछि केन्द्रीय तहको कुनैपनि पदमा बस्न नपाउने विधानमा पारित गरेको थियो । यो हिसाबले ओली अबको केही महिनापछि अध्यक्षबाट हट्नुपर्ने हुन्थ्यो । महाधिवेशन फागुनपछि भएमा मात्र पनि चुनाव लड्न पाउँदैनथिए ।

ओलीले एमाले फुट्दा विधान संशोधन गरी ७० नकट्दै चुनाव जितेको नेता उमेर हद पारित गर्दा पनि उक्त कार्यकाल पार्टी कमिटीमा रहन पाउने बनाए । जसका कारण ओलीका लागि नेतृत्वमा फेरि पुग्ने ढोका खुल्यो । एमाले नफुटेको भए विधान संशोधन सजिलो थिएन ।

एमाले नफुटेको भए नयाँ पुस्ता उदाउदैनथियो । अब एमालेको कमिटीमा ठूलो संख्यामा नयाँ पुस्ताकाहरु देखिदैछन् । अवसरका ढोकाहरु खुलेका छन् । नेतृत्वमा रहेको जाम हट्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP