आइतबार , बैसाख ७, २०८२

खाना खाएपछि रेस्टुरेन्ट वा भोजनालयले सौंफ खानका लागि कुनै ट्रेमा राखेका हुन्छन् । होटेल वा रेस्टुरेन्टमा खाना खाएपछि सौंफलाई हामी माउथ फ्रेसनरको रूपमा प्रयोग गर्छौ । तर खाना खाएपछि सौंफ खाँदा खाएको खाना सजिलै पचाउन मद्दत गर्नुका साथै पाचन क्रियालाई पनि सजिलो बनाउने गर्छ ।

सौंफमा पोटासियम र सोडियमको मात्रा प्रचुर हुने गर्छ । पोटासियमले रगतमा रहेको सोडियमको मात्रालाई नियन्त्रण गरेर यसको दुष्प्रभावलाई नियन्त्रण गर्ने गर्छ । यो बाहेक सौंफमा नाइट्रेडको मात्रा पनि धेरै रहेको हुन्छ । यसले शरीरको उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । विभिन्न किसिमका पोषक तत्त्वले भरिपूर्ण रहेको सौंफको सेवन गरेर हाम्रो शरीरलाई धेरै पक्षबाट फाइदाजनक बनाउन सकिन्छ ।

हत्केला र पैतालाको जलन
धेरैलाई हत्केला र पैताला पोल्ने समस्या हुन्छ । यदि हत्केला र पैताला पोल्ने समस्या छ भने सौंफको नियमित सेवनले यसलाई हटाउन सकिन्छ । यसका लागि सौंफलाई भुटेर त्यसको धुलो बनाउने । यसरी बनाएको धुलोलाई एक चम्चा चिनीको साथ बराबर मिलाएर खाने गरेमा हत्केला र पैताला पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो किसिमको पाउडर खाना खाएपछि १० ग्रामको मात्रामा सेवन गर्ने गर्नुपर्छ ।

पाचन क्रिया र आँखा
भोजन गरेको ३० मिनेट पछि सौंफको सेवन गर्ने हो भने यसले रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्छ । भोजन गरेपछि सौंफ खाँदा यसले कलेजो र आँखाको ज्योतिलाई पनि राम्रो गर्छ ।

नियमित महिनावारी
महिलाहरूमा महिनावारी नियमित नहुने समस्या धेरैमा हुन्छ । महिनावारीको समयमा पेट दुख्ने समस्या पनि धेरैलाई हुने गर्छ । यस्तो समस्या भने सख्खरको साथमा सौंफको सेवन गर्नु राम्रो हुन्छ । यसको नियमित सेवनले महिनावारीका धेरै किसिमका समस्याहरू बिस्तारै समाधान हुदैं जानेछन् ।

कफको समस्या
सौंफको सेवनले कफ र घाँटीको दुखाइलाई पनि कम गर्न मद्दत गर्छ । एक कप पानीमा १ देखि डेढ चम्चा सौंफलाई हालेर उमाल्ने । उम्लेको सौंफलाई दैनिक २–३ पटक खाने हो भने यसले पेटमा रहेको एसिडिटी र कफको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP