आइतबार , बैसाख ७, २०८२

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच हुनेछ भने दोस्रो खेल थ्रि स्टार र च्यासल युथ क्लबबीच हुँदैछ ।

हिमालयन शेर्पा र संकटाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् ।

थ्री स्टार र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार थ्रि स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरूवात सुखद बनाउन चाहन्छन् ।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ भने च्यासलको कप्तानी बिराज महर्जनले गर्ने छन् । लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP