मंगलबार , भाद्र १६, २०८३

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण शुरू गरेको ५० वटा चार्जिङ स्टेसन ६ महिनाभित्र सम्पन्न गरिने भएको छ ।

प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पुर्‍याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘स्टेसनमा विद्युत् लाइन पुर्‍याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले ६ महिनाभित्र सम्पन्न हुन्छ ।’

उनका अनुसार केही स्टेसनमा २०० मिटरसम्म लाइन तान्नुपर्छ । जसमा ६ वटासम्म विद्युत् पोल थप्नुपर्छ । केहीमा ३ वटा र केहीमा ६ वटा सवारी एकैसाथ चार्ज हुने गरी स्टेसन निर्माण भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिने छ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घण्टा र बस १ घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा २०० किलोवाटको ट्रान्सफर्मर राखिने छ । टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागिएको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करीब ८० लाख रुपैयाँ लगानी गरिएको छ । ५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपैयाँ छ । हरेक प्रदेशमा ५ वटा स्टेसन रहनेछन् । काठमाडौं उपत्यकामा १० वटा र बाँकी ५ वटा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन् ।

मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बूक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ । सबै स्टेसनको नियन्त्रण काठमाडौंबाट हुनेछ । स्टेसनमा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP