शुक्रबार , जेठ ३, २०८२

अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन्।

लुले अन्य मुलुकले पनि एमसिसी परियोजना माग गरेको बताउँदै नेपालले अनुमोदन नगरे अरूलाई नै दिने स्पष्ट पारेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने स्पष्ट पारेका थिए।

जवाफमा दाहालले एमसिसी नलिने नभनेको स्पष्टीकरण दिँदै राष्ट्रिय सहमति जुटाएर सकारात्मक रूपमा अघि बढाउने बताएका थिए। उनले एमसिसीको पछिल्लो संशोधनले विवाद ल्याएको बताउँदै सबै दलसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारेको मल्लले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP