मंगलबार , बैसाख २९, २०८३

अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको पुष्टि गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । तीमध्ये ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाएको थियो । तर मेक्सिकोको अध्यागमनले उनीहरुलाई नेपाल फिर्ता पठाइदिएको थियो ।

स्रोतका अनुसार जुन देशबाट भिसा जारी भएको हो, त्यहीँबाट आउनु पर्नेभन्दै मेक्सिकोले उनीहरुलाई फिर्ता पठाएको थियो । त्यसपछि विभागले कुनै निर्णय गर्न सकेको थिएन ।

अध्यागमन ऐनमा सरकारको स्वीकृतिमा अवैधरुपमा नेपाल प्रवेश गर्नेलाई गरिने कारबाहीबारे निर्णय गर्ने उल्लेख थियो । कानूनतः यसरी समातिने व्यक्तिलाई जुन देशबाट आएका हुन्, त्यहीँ फर्काउनुपर्ने हो ।

तर भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई गृहले त्यहाँ फर्काएन । स्रोतका अनुसार भारतीय अधिकारीहरुले ११ जनालाई फिर्ता नगर्न दबाब दिएका थिए ।

अब यूएनएचसीआरले उनीहरुलाई ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिनेछ, त्यो कागज तयार भएपछि प्रहरीले उनीहरुलाई फेरि पक्राउ गर्न पाउने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP