मंगलबार , असार २३, २०८३

सौर्यमण्डलको बाहिरी भागमा लुकेको अवस्थामा एक वस्तु फेला परेको छ । इम्पेरियल कलेज अफ लण्डनका एस्ट्रोफिजिक्सका प्राध्यापक माइकल रोवान रोबिनसनले सौर्य मण्डलको बाहिरी भागमा लुकेको अवस्थामा फेला परेको एक वस्तु सार्वजनिक गरेका छन् । सौर्यमण्डलमा लुकेर बसेको उक्त वस्तु रहस्यमय ग्रह हुनसक्ने खगोलविद्को अनुमान छ ।

बेलायती वैज्ञानिकले वरुण ग्रहभन्दा पर समेत अर्को ग्रह छ वा छैन भनेर पुष्टि गर्ने उद्देश्यसहित सन् १९८३ मा इन्फ्रारेड एस्ट्रोनोमिकल सेटलाइट (आईआरएएस ) द्वारा संकलित तथ्याङ्कलाई पुन: विश्लेषण गर्ने निर्णय गरेका थिए ।

तथ्याङ्क विश्लेषणपछि सौर्यमण्डलमा तीन पटकसम्म उक्त वस्तु हिँडिरहेको पाइएको थियो । आईआरएएसको तथ्याङ्क अनुसार सम्भावित नवौं ग्रह पृथ्वीभन्दा ५ गुणा ठूलो र कक्षको दूरी २२५ गुणा बढी हुन सक्छ । अर्थात् सम्भावित नवौं ग्रह सूर्यबाट झण्डै २०.९ बिलियल माइल टाढा रहेको अनुमान गरिएको छ ।

यदि रहस्यमय उक्त वस्तुले त्यति टाढाको दूरीबाट सूर्यको परिक्रमा गरिरहेको भए निकै चिसो रहेको र सूर्यको प्रकाश निकै कम परावर्तन गर्ने ठानिएको छ ।

पछिल्लो अध्ययनले नयाँ ग्रह अस्तित्वमा रहेको वा नरहेको भनेर पुष्टि गरेको छैन । तर नयाँ ग्रहको खोजी कहाँ गर्ने भन्नेबारेमा महत्वपूर्ण सहयोग गर्ने खगोलविद्ले दाबी गरेका छन् ।
हाम्रो सौर्यमण्डलमा अर्को ग्रह छ वा छैन भनेर दशकौंदेखि बहस हुँदै आएको छ । हालसम्म ठोस प्रमाण फेला नपरेको भएपनि सौर्यमण्डलको बाहिरी भागमा गुरुत्वाकर्षणसहितका वस्तु फेला परेपछि अर्को ग्रह हुन सक्ने अनुमान गरिँदै आएको छ ।

हाल, सौर्यमण्डलमा ८ वटा ग्रह छन् । वरुण सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह हो । यसअघि सन् १९३० पत्ता लागेको यमसहित ९ वटा ग्रह थिए । तर ९० को दशकमा यमलाई ग्रहको हैसियत दिन नहुने भन्दै प्रश्न उठेको थियो ।

सौर्यमण्डलको बाहिरी भाग कुइपर बेल्टमा यमजस्तै कैयौं वस्तु फेला परेपछि उक्त प्रश्न उठेको थियो । फलस्वरुप, सन् २००६ मा अन्तर्राष्ट्रिय खगोलीय संघले एक विवादास्पद मतदानमार्फत यमलाई ग्रहको सूचीबाट हटाएर ‘लघु ग्रह’ घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP