मंगलबार , बैसाख २९, २०८३

अमेरिकी सहयोगसम्बन्धी एमसीसी मंसिरभित्र वार कि पार हुने भएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले समयसीमा नै तोकेर एमसीसीबारे निर्णय गर्न शिर्ष नेताहरुलाई भनेपछि त्यस्तो अवस्था भएको छ ।

लूले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । भेटका क्रममा उनले सिधै एमसीसीबारे के गर्ने ? भनी प्रश्न गरेका थिए ।

त्यसअघि लूले हिजो प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । उनले देउवासँगको भेटमा पनि कहिलेसम्म पारित गर्न सकिन्छ वा सकिदैन ? प्रश्न जवाफ मागेको बुझिएको छ ।

एमसीसी डिसेम्बरको मध्यतिर अर्थात् मंसिरभित्र पारित गर्न समयसीमा पनि दिएको बुझिएको छ । एमसीसी मंसिरभित्र टुंगो नलागे अन्यत्र लाने सम्मको कुरा गरेको बुझिएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० अर्ब नेपाली रुपैयाँ बराबरको विकाससम्बन्धी सहयोग हो । यो सम्झौता देउवा यसअघि प्रधानमन्त्री हुँदा सन् २०१७ मा भएको थियो । सम्झौतामा एमसीसी संसदबाट पारित हुनुपर्ने उल्लेख छ ।

विशेषगरी कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा छन् । उनीहरु कुनै हालतमा पारित गर्न नदिने या संशोधनसहित पारित गर्ने पक्षमा छन् । यसले एमसीसीको भविष्यमाथि अन्यौल थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP