बिहिबार , बैसाख २५, २०८२

नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनअन्तर्गत रुपन्देहीमा दुईवटा समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रकृया अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

उम्मेदारी दर्ता दाबी विरोध सकिएपछि अधिकांशका ठाउँमा बिहान ११ बजेबाट मतदान सुरु भएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले जानकारी दिए । रुपन्देहीमा प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन भइरहेको छ, जसमा रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (क) मा भने विन्दराम यादव सर्वसम्मत् रुपमा सभापति चयन भएका छन् । यादवसहित उनको प्यालन नै सर्वसम्मत् चयन भएका हुन् ।

अन्य नौ वटा क्षेत्रमा दुईवटा समूहले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

को को छन् चुनावी मैदानमा ?

गृहमन्त्री बालकृष्ण खाण र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत शाहको गृह जिल्ला रुपन्देहीमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । खाण र शाह दुवै देउवा पक्षका नेता हुन् । यद्यपि जिल्लामा भने उनीहरु विभाजित देखिन्छन् ।

रुपन्देही–१ को प्रदेशसभा (क) मा नवीन आचार्य र मदन पोखरेल सभापति पदका लागि प्रतिस्पर्धामा छन् । आचार्य देउवा निकट हुन् भने पोखरेल पौडेल निकट मानिन्छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (ख) मा सरोज जिसी र अवध बिहारी दुवे सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । जिसी देउवा पक्षका हुन् भने दुवे पौडेल निकट मानिन्छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा देउवा समूहबाट माधवलाल देवकोटा र पौडेल समूहबाट खड्गबहादुर महतले उम्मेवारी दिएका छन् । प्रदेशसभा (ख) मा देउवा समूहबाट रामेश्वरप्रसाद श्रेष्ठ, पौडेल समूहबाट पर्शुराम ढकालले सभापतिमा उम्मेवारी दिएका छन् ।

रुपन्देही–३ अन्तर्गत प्रदेशसभा (क) मा देउवा समूहबाट सुरेन्द्रजंग थापा र पौडेल समूहबाट पुरनप्रसाद श्रेष्ठ, प्रदेशसभा (ख) मा देउवा समूहबाट घनश्याम चालिसे र पौडेल समूहबाट दुर्गा चापागाईं सभापति पदमा उम्मेदवार बनेका छन् । यस्तै, क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा देउवा समूहबाट राजकुमार सिंह र पौडेल समूहबाट शिवकुमार यादव, क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा देउवा समूहबाट अशोककुमार त्रिपाठी र पौडेल समूहबाट श्रीराम यादवले नेतृत्वका लागि उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा विन्दराम यादव निर्विरोध भएका छन् । उनको नेतृत्वमा प्यानल नै निर्विरोध निर्वाचित भएको लुम्बिनी प्रदेशसभाका काँग्रेस सचेतक फखरुद्दीन खानले बताए ।

यस्तै क्षेत्र नम्बर ५ को प्रदेशसभा (ख) मा देउवा समूहबाट रामबहादुर थापा र पौडेल समूहबाट गुरु घिमिरे सभापति पदका लागि प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा क्षेत्र निर्वाचनमा सो क्षेत्रभित्रका गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेशसभा क्षेत्रीय प्रतिनिधि, प्रदेशसभा निर्वाचन क्षेत्र भित्रका गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुन्छन् । रुपन्देहीमा रहेका ९ वटा मतदानस्थलमा ठुलाठुला बोर्ड र पोस्टरमार्फत उम्मेदवारले आफ्नो प्रचारप्रसार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP