मंगलबार , बैसाख २९, २०८३

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे शिर्ष नेताहरुलाई भेटेर स्पष्ट जवाफ मागेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेताहरुसँगको भेटमा एमसीसीबारे के गर्ने भनी प्रश्न गरेका हुन् ।

लूले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा लूले एमसीसी संसदबाट पारित गर्नेबारे के हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा ओलीले आफूहरुसँग सत्तारुढ दलले कुनै मतलब नगरेको जवाफ दिएका थिए ।

सत्तापक्षले आफूहरुलाई एमसीसीबारे केही नसोधेको समेत ओलीको जवाफ थियो । तर, अमेरिकी विदेशमन्त्री लूले एमालेको धारणाबारे पनि सोधेको बुझिएको छ । ओलीले एमालेको धारणा सत्तापक्षको औपचारिक धारणा आएपछि आउने जवाफ दिएको बुझिएको छ ।

आजै लूले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् । उनले प्रचण्डसँगको भेटमा पनि एमसीसीबारे प्रश्न गरेको बुझिएको छ । प्रचण्डले एमसीसीबारे संशोधनको विषय उठेकोबारे कुरा राखेको बुझिएको छ ।

बिहिबार लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी एमसीसीलाई केन्द्रमा राखेर गम्भीर कुराकानी गरेका थिए । देउवाले एमसीसी पारित गर्न आफूले प्रयास गरेको विषय राखेका थिए । तर, सत्तापक्षभित्र समस्या रहेको विषय पनि प्रष्ट राखेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP