मंगलबार , भाद्र १६, २०८३

सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर।

न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने रहेछन्’, उनले भनिन्, ‘हातमा पनि सामान्य चोट लागेको छ।’

प्रहरीले शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्दा बरालसँगै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका छन्। अध्यक्ष श्रेष्ठलाई जोगाउन खोज्दा नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जनको टाउकोमा चोट लागेको छ। उनी अस्पताल भर्ना भएका छन्। सर्वोच्च बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, युवराज बन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र उच्च अदालत बार पाटनका सदस्य गोपाल सापकोटालगायत घाइते भए।

सर्वोच्च परिसरमा आयोजित विरोधसभा समापनपछि कानुन व्यवसायीमाथि हुलहुज्जतको प्रयास भयो। नेपाल बारको कार्यालय परिसरमा केही अपरिचित व्यक्तिले धम्क्याए। ‘कालोकोट लगाउने तिमीहरू होइनौ रु यो कालोकोट च्यातिदिन्छौं भनेर धम्क्याए। एक जना कानुन व्यवसायीलाई झम्टिन आए’, प्रत्यक्षदर्शी बरालले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘हामी निशस्त्र थियौं। नजिकै रहेको ढुंगा देखाउँदै आक्रमण गरे ढुंगाले हान्छौं भनेपछि ती मान्छे भागे। प्रहरीले पक्राउ गरेर लगेको हो।’

नेपाल बारका अध्यक्ष श्रेष्ठले कार्यालय परिसरमा कानुन व्यवसायीमाथि अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जत भएको बताए। ‘तीन–चार जना बिचौलिया र भ्रष्टका मतियारहरू अनधिकृत रूपमा प्रवेश गरी कानुन व्यवसायीमाथि अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जतको प्रयास गरे’, श्रेष्ठले भने। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP