मंगलबार , बैसाख २९, २०८३

नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलिदेखि सुरु हुँदै छ । केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन् भने धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ ।

नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलिदेखि सुरु हुँदै छ । केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन् भने धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने उद्घाटन खेल फ्लड लाइटमा हुँदैछ । लिग सुरु हुन पूर्व अखिल नेपाल फुटबल संघ एन्फाले लिग हुन पूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदै छन् । दिनमा दुई खेल हुनेछन् । पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । दिनको दोस्रो खेल सबै फ्लड लाईटमा खेलाइने एन्फाले यस अघि नै जानकारी गराएको छ ।

१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् । लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । यस्तै हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP