मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि नेतृत्वका लागि अगाडि बढेका छन् । उनले औपचारिक रुपमा सभापतिको उम्मेदवार बन्ने घोषणा नगरेपनि आफूनिकटस्थहरुसँग खुलाइसकेका छन् ।

देउवा १३औं महाधिवेशनमा पहिलो चरणमा बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा रामचन्द्र पौडेललाई पराजित गर्न सफल भएका थिए । काँग्रेस सभापतिका रुपमा उनी प्रधानमन्त्री बने । प्रतिनिधि सभाको चुनाव गराए । तर, काँग्रेसलाई नराम्रो धक्का लाग्यो ।

देउवालाई भाग्यले प्रधानमन्त्री पदमा पुर्यायो । यसले पनि उनको शक्ति बढ्यो ।

सत्ताको बल देउवाको शक्ति हो । त्यसबाहेक उनलाई अन्तर्राष्ट्रिय समर्थन पनि देखिएको छ । काँग्रेसभित्र उनको पक्षमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा जस्ता नेताहरु खुलेका छन् । तर, यो शक्तिले मात्र देउवालाई सभापति जित्न मत नपुग्न सक्छ ।

देउवासँग लामो राजनीतिक अनुभव छ । नेविसंघको राजनीतिबाट बढेका उनले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता नेताको नजिक भएर काम गरे । गृहमन्त्री हुँदै प्रधानमन्त्री बनेका देउवा पाँचपटक देशको प्रधानमन्त्री बनिसकेका छन् । उनको अनुभव आफैमा अर्को शक्ति हो ।
राणा परिवारकी डा. आरजु देउवासँग विवाह गरेर राजनीतिक लाभ लिन सके । संभ्रान्त परिवारकी आरजुको अन्तर्राष्ट्रिय सम्बन्ध देउवालाई निकै लाभदायक बनिरहेको छ ।

देउवा विपक्षीका लागि पनि सजिला नेता हुन् । त्यसैले कम्युनिस्ट नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड देखि माधवकुमार नेपालसमेत देउवालाई सजिलो मान्छन् । त्यसैले प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । प्रचण्डले दुईपटक देउवालाई प्रधानमन्त्री बनाउन साथ दिइसकेका छन् ।

काँग्रेसभित्र देउवाले इतर समूहलाई पनि तान्ने प्रयास गरिरहेका छन् । उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह देउवाविरुद्ध कडा बन्दै सभापतिको दौडमा छन् । यी दुईलाई साथ लिनसक्ने सम्भावना कमजोर हुँदै गएपछि देउवाको ध्यान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ मात्र नभई वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका सदस्यतर्फ पनि गएको छ ।

देउवाको संगठनमा पकड बनाउने क्षमता बलियो छ । उनी कार्यकर्तालाई संरक्षण पनि गर्छन् । विशेषगरी आफ्नो भेगकालाई साथ दिन मरिमेटेर लाग्छन् भन्ने जयबहादुर चन्दलाई आइजीपी बनाउन गरेको प्रयासबाट पनि देखिन्छ । पछि चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति पाए । देउवाको यही शैली आलोचित भएपनि शक्ति आर्जनको मुख्य कारण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP