शनिबार , बैसाख ६, २०८२

सबिन बराल / डार्विन 

पछिल्लो समय देश विदेशमा बस्ने नेपालीमा खेलकुदको प्रसंग उठ्दा प्राय गरेर क्रिकेट र फूटबलको प्रसंग उठ्ने गर्छ।  नेपालको राष्ट्रिय खेल भलिवल भएतापनि प्राय गरेर यो खेल धेरै ठाउँमा पछाडी परेको महसुश गर्दै अस्ट्रेलियाको उत्तरी राज्य अन्तर्गत पर्ने डार्विन शहरमा भलिबल टुर्नामेन्ट गराउनु पर्छ भन्दै आवाज उठाए खेलाडी चन्द्र प्रकाश गुरुङ्गले। वहाको कुरामा सहमति जनाउदै NRNA -NT  अध्यक्ष बिष्णु चापागाईं र NANT अध्यक्ष युवराज पन्तले अब नेपाली समुह बीच भलिबल प्रतियोगिता गराउने सहमति भयो।

President of NRNANT and NANT

सन् २०२२ जनवरी १५-१६ मा हुन गईरहेको मल्टीकल्चरल कपको लागि नेपालको तर्फबाट आयोजक टिम तयार पार्न पनि यो प्रतियोगिताले सहयोग गर्नेछ भन्दै नेपाली भलिबल क्लव नामको सस्था बनाइ भलिबल प्रतियोगिता आयोजना गर्ने सम्पूर्ण तयारी भयो।  पहिलेका केहि समय केहि नेपालीले मात्र इच्छा देखाए पनि प्रतियोगिता हुने समय सम्म सात पुरुष टिम तयार भइ सकेका थिए। पुरुष बीच मात्र नभई महिलालाइ पनि खेल खेलाउनु पर्ने र नेपाली महिला पनि खेलकुद मा इच्छुक छन् भनेर चन्द्र प्रकाश गुरुङ्ग आफै लागेर २ महिला टिम तयार पारि दुबैलाई प्रशिक्षण समेत दिनुभयो। 

नेपालीज एसोसिएसन अफ नर्दन टेरीटोरी (NANT) र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरी (NRNA-NT ) को संयुक्त आयोजनामा १४ नोबेम्बर २०२१ मा खेल हुने निधो भयो। Nepali Volleyball tournament Darwin NT 2021 नाम दिई सात पुरुष र २ महिला टिमलाइ प्रतियोगीतामा सहभागी गराइयो।

Team Everest ले A B C गरि तिन पुरुष समुह बनाएको थियो भने बाकी क्रमश : Team Mountain Goats, Team Sunrise, Team Himalaya र Team RARA गरी सात समुह समावेश थियो। महिलाबाट Women’s white र Women’s Blue नाम दिई दुइ टिम आमने सामने थिए। सम्पूर्ण टिमलाइ नेपाली ब्यवसाहीको निकै राम्रो साथ र सहयोग रहेको थियो। नेपाली समुदायले केहि गर्छु भन्ने इच्छा शक्ति जाहेर गर्ने बित्तिकै, डार्विनमा लामो समय देखि चलि आएको होस् या भर्खरै संचालनमा आएको व्यवसाय, सबैले मन खोलेर साथ र सहयोग गर्ने गर्छन।

आइतबारको दिन बिहान ७:३०  बाटनै  प्रतियोगिता सुरु भइ सकेको थियो।  खेल निकै रोमान्चक थियो। सबै खेलाडी जितको लागि आफ्नो उत्कृस्ट कला देखाएका थिए। सम्पूर्ण टिमले राम्रो खेल प्रदर्शन गरे पनि अन्तिम खेल TEAM EVEREST A र Team Mountain Goats बीच भएको थियो भने तेस्रो स्थानको लागि Team Everest C र Team Sunrise बीच खेल भएको थियो। जसमा टिम सनराइज ले Team Everest “C” लाइ ३ : ० को सेटले पराजित गरेको थियो।  टिम सनराइजमा मनोज राईको कप्तानी संगै अमृत ए सी, राममणि फुयाल, सुजन आले, बिरेन्द्र राना, पशुपति शर्मा, सुदर्शन सिलवाल, अर्जुन बिक र दिनेश केसीले खेल खेलेका थिए। यो टिमलाई KBA GlobalBDMS community services ले प्रयोजन गरेको थियो।

2nd Runner up, Team Sunrise

लीग चरणका ६ ओटा खेल खेलेको टीम एभरेस्ट “A” ले सबै खेल जीत्दै फाइनलमा माउन्टेन गोट लाई 3/0 को सोझो सेटमा हराउदै ट्रफी चुम्न सफल भएको थियो। किरण गौतमको कप्तानीमा धनइश्वर सुनार, रामचन्द्र जोशी-निशान, रमेश सुबेदी, दुर्गेश भट्टराई, धनशिंग ओली, चन्द्र खत्री र जंग गुरुङ्गले निकै उत्कृस्ट खेलको प्रदर्शन गरेका थिए। KBA Global, Business College र NB automotive को प्रयोजन रहेको टीम एभरेस्ट “A” को जितमा टिम ब्यवस्थापक भवानी पौडेलको योगदान पनि अतुलनिय छ।  जित पछि पुराखबर संग कुरा गर्दै भवानी भन्नु हुन्छ, टिम एभरेस्ट “A”  “B ” र “C ” तिन वटै समुहलाइ विस्वाश गरी प्रयोजन गर्ने सबै प्रयोजकलाइ धन्यबाद साथै,यो जित संगै आउदै गरेको मल्टीकल्चरल कपको लागि पनि हाम्रा खेलाडीलाइ तयार गराउने र नेपाली समुदायको नाम सधै उच्च राख्ने प्रतिबद्धता गर्दछु। 

Winner team Everest “A”

त्यस्तै उत्कृस्ट खेल प्रदर्शन गर्दा गर्दै पनि फाइनलमा दोस्रो स्थान हात पर्न सफल टिम हो Mountain Goats. सुरु देखिनै राम्रो खेल प्रदर्शन गरि फाइनलमा प्रवेश गरेको यो टिम अन्तिम खेलमा भने प्रतिद्वन्दी संग १ सेट पनि जित्न सकेन। चन्द्र प्रकाश गुरुङ्गको कप्तानीमा, बाबुराम भट्टराई,गणेश गुरुङ्ग, सुमन प्रसाई, सन्तोष गुरुङ्ग (कमल), बिबेक पौडेल, सन्तोष खाती, मनिष सुबेदी र प्रसाद गुरुङ्गले खेलमा भाग लिएका थिए।

1st runner up Team Mountain Goats

महिला खेलको मात्र दुइ समुहमा,  Women’s white टिमले जित हासिल गरेको थियो भने Women’s Blue टिमदोस्रो हुन सफल भएको थियो।

Winners white team and Runner up Blue team

प्रतियोगिता पछि पुराखबर अनलाइन संग कुरा गर्दै KBA ग्रुपका निर्देशक शम्भु कंडेल भन्नु हुन्छ, नेपालीको राष्ट्रिय खेल भलिवलको प्रतियोगिता परदेशमा आयोजना हुदै गर्दा र ७ पुरुष टिम तयार हुदा साथ र सहयोगको खाचो भएर चार टिमलाइ हाम्रो सस्थाले प्रयोजन गर्ने अवसर जुट्यो या भनौ यो खेललाइ प्रमोट गर्न धेरै भन्दा धेरै टिम खडा गर्ने अवसर हामीले पायौ। आयोजक परिवारलाई धेरै धेरै धन्यबाद दिदै यो टुर्नामेन्ट सब्य र भब्य तवरले समापन भएकोमा बधाई पनि दिन चाहन्छु। आउदा दिनमा पनि KBA Global साथै म आबद्ध रहेको हरेक सस्थाले नेपाली समुदायको साथ र बिकाशको लागि सक्ने सहयोग गर्नेछ।

त्यस्तै अर्का ब्यवसाही बिनय शर्मा जो BDMS Community Services का निर्देशक हुनुहुन्छ, खेल अवधि भर आफ्नो टिमको हौसला बढाउन स्टेडियममा खेलाडी संगै रहनु भएको थियो। खेलाडीलाई साथ र हौसलाको निकै खाचो हुन्छ संगै बसेर टिमलाई उर्जाशिल बनाउन सहयोग गर्नु भएको थियो।

बिजेता टिमलाइ ट्रफी र मेडेल क्रमश: महिला टिमका प्रशिक्षक चन्द्र प्रकाश गुरुङ्ग, NRNA-NT अध्यक्ष बिष्णु चापागाईं, NANT अध्यक्ष युवराज पन्तले हस्तान्तरण गर्नु भएको थियो।

Photo by Catch Smile, Remember us for photography and videography services.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP