मंगलबार , बैसाख २९, २०८३

अमेजन प्राइममा रिलिज भएको तामिल फिल्म ‘जय भीम’ ले पछिल्लो समय निकै चर्चा कमाएको छ। चर्चासँगै फिल्म विवादमा मुछिएको छ।

यो फिल्मका केही दृश्यबारे वन्नियार समुदायले आपत्ति जनाएको छ। यसअघि पनि यो फिल्मको एक सिनका कारण निकै ठूलो विवाद भएको थियो ।

वन्नियर समुदायका केही व्यक्तिहरुले यसका कलाकारहरुलाई पनि धम्की दिन थालेका छन् ।

फिल्मका अभिनेता सूर्यालाई बारम्बार धम्की आइरहेको छ। उनलाई धम्की आउने क्रम बढ्न थालेपछि उनको सुरक्षा बढाइएको जनाइएको छ। उनको घरबाहिर पाँच जना सुरक्षाकर्मी खटाइएको छ।

तामिल फिल्म ‘जय भिम’ले आइएमडिबीमा हालसम्मकै चर्चित हलिउड फिल्म ‘द गडफादर’ र ‘ससांक रिडेम्पसन’ लाई पछि पारेको छ। दर्शकहरूले आइएमडिबीमा सबैभन्दा शीर्ष फिल्मको मूल्यांकन दिएसँगै ‘जय भिम’ ले ठूला फिल्मलाई उछिनेको हो।

टिजे ग्नानाभेलको निर्देशनमा बनेको ‘जय भिम’ कठोर हिन्दु जातीय शासनको तल्लो तहमा रहेका दलितहरूमाथि गर्ने दमनका कथामा आधारित छ। यो फिल्ममा ठूला जातका व्यक्तिले दलितलाई गर्ने व्यवहार र अन्यायको चित्रण गर्छ।

यो फिल्मको मुख्य पात्र तामिल स्टार सुरियाले खेलेका छन्। यहाँ उनी एक धर्मयुद्ध वकिलको रूपमा देखिन्छन्। आफ्नो श्रीमानलाई पुलिस हिरासतमा राखेर पछि बेपत्ता घोषित गरेपछि एक गर्भवती महिलाले सुरियालाई निवेदन दायर गर्छिन्। अनि उनी यो मुद्दा लड्छन्। यसै कथा वरिपरि यो फिल्म घुमेको छ।

बिबिसीका अनुसार ‘जय भिम’ तामिल सिनेमामा नयाँ आन्दोलनको हिस्सा बनेको छ, जहाँ कयौं युवा फिल्म निर्माताले दलित विरुद्धको दमनका कथा सुनाउँदै छन्। विगत तीस वर्षमा तामिलनाडुमा दलित आन्दोलन बढ्दै गएको छ। यसमा पनि यहाँका केही दलित फिल्म निर्माताहरूले यस विषयमा आधारित भएर दलित कलाकारलाई नै मुख्य भूमिकामा राखेर फिल्म बनाइरहेको फिल्म इतिहासकार एस थिओडोर बास्करनका बताउँछन्।

‘जय भिम’ यसै वर्ष आएको फिल्म हो। यो फिल्म थिएटरमा रिलिज भएको थिएन। त्यसैले बक्सअफिसमा यसको चर्चा धेरै छैन। यता आइएमडिबीमा भने यसले दर्शकबाट ९.६ मूल्यांकन पाएको छ। ‘द गडफादर’ले आइएमडिबीमा ९.२ मूल्यांकन पाएको छ। यसैगरी, ‘ससांक रिडेम्पसन’ले भने ९.३ मूल्यांकन पाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP