मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रभावशाली नेताहरुबीच शक्तिबाँडफाँडसहित समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । सभापतिका आकांक्षी धेरै भएकाले कुनै एक नेताको एकल वर्चश्व देखिदैन । विगतमा गिरिजाप्रसाद कोइरालाको एकल प्रभाव हुँदा कसैले पनि सभापतिमा उनलाई कडा चुनौती दिन सक्दैनथिए । अहिले काँग्रेसभित्र कुनै एक नेताको बहुमत छैन । त्यसकारण सभापति जित्न अन्य प्रभावशाली नेतासँग शक्ति बाँडफाँडविना सम्भव छैन ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा व्यक्तिगत रुपमा सबैभन्दा बलियो छन् । तर, उनको एकल बहुमत देखिदैन । देउवा सभापति जित्न वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये कम्तिमा एक नेतालाई आफ्नो पक्षमा तान्न खोजिरहेका छन् ।

देउवाले कोइराला, सिंह या सिटौलामध्ये एकलाई तान्ने निश्चितप्रायः छ । तीनैजना सभापतिका दाबेदार हुन् । कोइरालाले देउवालाई हराउन इतर समूहबाट साझा उम्मेदवारको प्रस्ताव गरेका छन् । तर, उनले पौडेल वा सिंहले देउवालाई हराउन नसक्ने सार्वजनिक रुपमा बताएका छन् ।

सिंहले सार्वजनिक रुपमै देउवा र पौडेलबाट पार्टी चल्न नसक्ने बताएका छन् । महामन्त्री कोइरालाको क्षमतामाथि समेत प्रश्न गरेका छन् । यसबाट उनी पछि हट्ने सम्भावना तत्काल देखिदैन ।

सिटौलाले भने देउवालाई साथ दिने सम्भावना रहन्छ । सशांक कोइरालाले अन्तिम अवस्थामा शेखर कोइरालालाई साथ दिने सम्भावना पनि छ । तर, कोइराला परिवारभित्रै एकता देखिदैन । सुजाता कोइराला सशांक र शेखर दुवैसँग चिढिएकी छिन् ।

देउवाले विजयकुमार गच्छेदारको साथ पाउने आशा राखेका छन् । तर, गच्छेदारले वचन दिएका छैनन् । उपसभापति विमलेन्द्र निधिको सभापतिमा दाबी छ । उनले देउवालाई साथ नदिने सम्भावना बढेर गएको छ ।

अब काँग्रेसभित्र देउवाविरुद्ध प्रकाशमान सिंह, सशांक कोइराला र विमलेन्द्र निधि एक हुने सम्भावना कमजोर बन्दै गएको छ । सिंह र कोइराला मिल्ने सम्भावना पनि कमजोर छ । तर, राजनीतिक घटनाक्रमले यी तीनबीच शक्ति बाँडफाँडबाट एकता हुने सम्भावना पनि छ ।

देउवाले गच्छेदार र निधिलाई साथ लिएर जाने सम्भावना पनि छ । देउवा र पौडेलबीच पावर सेयरिङबाट अगाडि बढ्ने सम्भावना पनि देखिएको छ । यी दुई पछिल्लो समय नजिकिएका छन् ।

देउवाको साथमा अन्तिम समयमा सिंह जाने सम्भावना पनि छ । दुवै विगतमा साथ थिए । सिंहको साथ पाएमा देउवा सभापति जित्ने सम्भावना बलियो हुन्छ । एकल पकडका हिसाबले देउवापछि सिंह नै शक्तिशाली देखिएका छन् ।

पौडेलले देउवा इतर समूहलाई मिलाएर कोइराला परिवार र सिंहमध्ये एकलाई सभापतिमा बढाउने प्रयास पनि गरेका छन् । तर, यो सजिलो छैन । देउवाविरुद्धको समूह मजबुत बनाउन प्रभावशाली नेताहरु पौडेल, कोइराला र सिंह एकजुट हुनुसक्नुपर्छ । यो सम्भावना कमजोर भएको छ तर असम्भव भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP