मंगलबार , भाद्र १६, २०८३

देशका पाँच प्रदेशमा आजदेखि ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । यातायात व्यवस्था विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो प्रणाली अनिवार्य गरेको हो ।

यो व्यवस्था लागू भएसँगै अब दर्ता हुने हरेक सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य हुनुपर्ने छ ।

त्यसैगरी नामसारी गरेको सवारीमा फागुन १ गतेदेखि ईम्बोस्ड नम्बर प्लेट लागू हुने विभागले जनाएको छ ।
विभागले गत २०७४ साल भदौ ५ गतेदेखि ईम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारीसाधनमा तत्काल ईम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP