मंगलबार , अषोज २७, २०८३

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ ।

पाचन प्रणालीको ठोस र तरल दुवै भागले एकैचोटि खाना पचाउन सक्रियता देखाउँछन् ।

शरीरका लागि पानी मुख्य तत्त्व हो त्यसैले दिनभरिमा भरपूर पानी सेवन गर्दा शरीरमा आर्द्रता कायम रहन्छ र दिसा पनि नरम रहन्छ ।

खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ ।खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन ।

त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ । तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन ।

खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।

पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन ।

यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पोषणविद्सँग सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP