आइतबार , बैसाख ७, २०८२

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ ।

पाचन प्रणालीको ठोस र तरल दुवै भागले एकैचोटि खाना पचाउन सक्रियता देखाउँछन् ।

शरीरका लागि पानी मुख्य तत्त्व हो त्यसैले दिनभरिमा भरपूर पानी सेवन गर्दा शरीरमा आर्द्रता कायम रहन्छ र दिसा पनि नरम रहन्छ ।

खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ ।खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन ।

त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ । तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन ।

खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।

पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन ।

यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पोषणविद्सँग सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP