मंगलबार , बैसाख २९, २०८३

श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि इजरायली राजदूत हनान गोदरसँग नेपालीलाई इजरायलमा थप राेजगारीकाे अवसर प्रदान गर्न आग्रह गर्नुभएकाे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएकाे थियाे । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवाकेन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

केयर गिभरमा इजरायल जानका लागि भाषा उत्तिर्ण गरेकाहरू निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह पनि गर्नुभयो ।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन राजदूत गाेदरसँग आग्रह गर्नुभयो ।

यस्तै मन्त्री श्रेष्ठले पछिल्लो समय इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशा गर्दै आइरहेको पनि बताउनुभयो । उहाँले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा सहयोग पुर्याएको बताउनुभयो ।

यस्तै राजदूत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताउनुभयाे । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य देशको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली श्रमिक इजरायलमा कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP