शनिबार , भाद्र १३, २०८३

कपिलवस्तुमा ‘अनिता विक बचाउ अभियान’ चलिरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँका झविन्द्र विककी सुत्केरी श्रीमती अनिता विकको उपचारका लागि नेपाल स्वयंसेवक संघले आर्थिक संकलन अभियान सञ्चालन गरेको हो ।

नेपालमा विरलै लाग्ने ‘माईस्थिक’ नामक रोगले पीडित भएपछि विकको उपचारका लागि विपन्न घरपरिवारले आश नै मारेको बेला नेपाल स्वयंसेवक संघले आर्थिक सहयोग संकलन अभियान चलाएको हो । उनलाई दुई महिनादेखि उपचारका लागि काठमाडौंमा राखिएको छ ।

सुरुमा काठमाडौ मेडिकल कलेजमा २१ दिनसम्म उपचार गराएपछि पछिल्लो समय उनलाई न्युरो अस्पताल, बाँसबारीमा उपचारार्थ राखिएको संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पौडेलले बताए । अनिता विकका परिवारको आम्दानीका स्रोत नभएको र भएको एउटा घडेरी पनि विक्री गरेर उपचार गर्नुपर्ने अवस्थामा थियो । तर अहिले आफूहरूको सहयोगबाट बिरामीको उपचार पनि भएको र घडेरी पनि बचेको उनको भनाइ छ । ​चिकित्कसहरुले अनितालाई अझै ६ महिना अस्पतालमा राख्नुपर्ने बताएकाले खर्च धेरै लाग्ने अनुमान गरिएको छ । नेपाल स्वयंसेवक संघले करिब १२ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP