आइतबार , बैसाख ७, २०८२

कपिलवस्तुमा ‘अनिता विक बचाउ अभियान’ चलिरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँका झविन्द्र विककी सुत्केरी श्रीमती अनिता विकको उपचारका लागि नेपाल स्वयंसेवक संघले आर्थिक संकलन अभियान सञ्चालन गरेको हो ।

नेपालमा विरलै लाग्ने ‘माईस्थिक’ नामक रोगले पीडित भएपछि विकको उपचारका लागि विपन्न घरपरिवारले आश नै मारेको बेला नेपाल स्वयंसेवक संघले आर्थिक सहयोग संकलन अभियान चलाएको हो । उनलाई दुई महिनादेखि उपचारका लागि काठमाडौंमा राखिएको छ ।

सुरुमा काठमाडौ मेडिकल कलेजमा २१ दिनसम्म उपचार गराएपछि पछिल्लो समय उनलाई न्युरो अस्पताल, बाँसबारीमा उपचारार्थ राखिएको संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पौडेलले बताए । अनिता विकका परिवारको आम्दानीका स्रोत नभएको र भएको एउटा घडेरी पनि विक्री गरेर उपचार गर्नुपर्ने अवस्थामा थियो । तर अहिले आफूहरूको सहयोगबाट बिरामीको उपचार पनि भएको र घडेरी पनि बचेको उनको भनाइ छ । ​चिकित्कसहरुले अनितालाई अझै ६ महिना अस्पतालमा राख्नुपर्ने बताएकाले खर्च धेरै लाग्ने अनुमान गरिएको छ । नेपाल स्वयंसेवक संघले करिब १२ लाख रुपैयाँ संकलन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP