मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाका विभिन्न क्षेत्रमा कामदारको अभाव हुन थालेको छ । होटल र रेष्टुरेन्ट जस्ता हस्पिटालिटी क्षेत्र समेत यो समस्याबाट अछुतो छैनन् ।

३० वर्षदेखि होटल व्यवसाय गर्दै आएकी बोधी रेष्टुरेन्टकी मालिक हेभन लेले अहिले जस्तो अभाव यसअघि कहिल्यै नदेखेको बताउँछिन् ।

लेका अनुसार भाँडा माझ्ने व्यक्तिले प्रतिघण्टा ५० अमेरिकी डलर माग्ने गरेका छन् र प्रतिस्पर्धीहरूले रेष्टुरेन्टका म्यानेजरलाई सम्भावित कामदारका लागि पहिला नै २० हजार डलर बोनस दिन थालेका छन् ।

अष्ट्रेलियामा बेरोजगार दर उच्च रहेको तर भाँडा माझ्ने मान्छे नपाएको लेको भनाइ छ । ‘यहाँ बेरोजगार दर उच्च छ तर यस्ता काम गर्ने मानिस पाउन किन कठिन भइरहेको छ भनेर बुझ्न सकेकी छैन,’ लेले भनिन्, ‘कैयौं अष्ट्रेलियालीले यो काम गर्न चाहन्नन् र यो कुरा मैले बुझ्न सकेकी छैन ।’

कोभिड महामारीपूर्व होटल क्षेत्रमा काम गर्ने अधिकांश दक्ष कामदारमध्ये विदेशी विद्यार्थी र अष्ट्रेलिया घुम्न आएका मानिसको संख्या धेरै थियो । उनीहरू घर गएका कारण र अन्तर्राष्ट्रिय सीमा बन्द भएपछि कामदारको अभाव हुन थाल्यो ।

अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमाना पुन: खुला गरेको छ । तर तत्कालै विदेशी कामदार फर्कने सम्भावना कम भएको लेले बताइन् । फाइनान्सिइल रिभ्यूसँग कुरा गर्दै आफ्ना कर्मचारीलाई न्यूनतम तलब (प्रतिघण्टा २५ अमेरिकी डलर) भन्दा बढी दिएको समेत उनले सुनाइन् ।

लेका अनुसार भाँडा माझ्ने मान्छेले एक घण्टाको ३५ डलर माग्ने गरेका छन् । होटेल व्यवसायीहरूले शनिबार र आइतबार एक घण्टा भाँडा माझेको ५० अमेरिकी डलरसम्म तिर्ने गरेका छन् ।

केही समयअघि लेको रेष्टुरेन्टमा काम गर्दै आएका एक अनुभवी बारटेन्डरले सिड्नी बाहिर गएर काम गर्न लागेको बताएका थिए । ती बारटेन्डरले आफ्नै रेष्टुरेन्टमा काम गरून् भन्ने उनको चाहना थियो । तर काममा आउँदा लाग्ने पेट्रोल र पार्किङ खर्च मागेपछि उनले ती व्यक्तिलाई काममै राख्न अस्वीकार गरिन् ।

पछिसम्म यस्तै नजीर बस्न सक्ने भन्दै अनुभवी बारटेन्डरको माग अस्वीकार गरेको लेको भनाइ छ । यही कारण भाँडा माझ्ने मान्छेलाई घण्टाको ५० अमेरिकी डलर नदिने पनि उनले सुनाइन् ।

एक पटक लेका मुख्य सेफ नै भाँडा माझ्ने स्थानमा आएर सघाएका थिए ।

उत्तरी सिड्नीस्थित बारलुमका म्यानेजर एडम चोकरले पनि भाँडा माझ्ने मान्छेसहित दक्ष तथा अदक्ष कामदारको अभाव भएको सुनाए । नयाँ मुख्य सेफसहितका कर्मचारी पाउन निकै कठिन भएपछि कफी र पास्ट्री मात्रै बनाउन थालेको चोकर बताउँछन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमाना खुला भएपछि अवस्था सहज हुने तर सहज हुन झण्डै ६ महिना लाग्न सक्ने चोकरले बताए । ‘भेन्युहरू निकै व्यस्त छन्, हामीले अझै पैसा कमाउन सक्छौं,’ उनले भने, ‘तर हामीले सधैं ढोका खोल्न सकेका छैनौं ।’

विशेषगरी विदेशी विद्यार्थी घर जाँदा होटल तथा पर्यटन क्षेत्रमा समस्या देखिएको हो । लि कोर्डन ब्लेउ क्याम्पसका कार्यकारी डिन एवं प्राध्यापक एलन बोवेन जेम्सले आफ्नो क्याम्पसमा सिकारु कामदारको रुपमा काम गर्ने विदेशी विद्यार्थीको संख्या निकै घटेको बताए ।

‘यदि हाम्रो भविष्यबारे सरकार गम्भीर छ भने ती विद्यार्थीलाई पुन: ल्याउनुपर्छ,’ प्राध्यापक जेम्सले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP