मंगलबार , भाद्र १६, २०८३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् ।

सार्वजनिक सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधन भने चलिरहेका छन् ।

बन्दका कारण काठमाडौं उपत्यकाबाहिरबाट आएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । सरकारले काठमाडौं उपत्यकामा सुरक्षाकर्मीहरूको उपस्थिती बढाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्यवृृद्धि गरेपछि विभिन्न राजनीतिक दल तथा संघसंस्थाले सरकारी उक्त कदमको विरोध गर्दै आएका छन् । सत्तारुढ दलकै केही नेताहरुले समेत मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै आएका छन् भने विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP