मंगलबार , भाद्र १६, २०८३

मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ।

आगलागीबाट २० घरटहरा जलेर नष्ट भएका छन्। थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले गए राति करिब १२:३० मा आगलागी सुरू भएको र बिहान ४:३० मा मात्रै नियन्त्रणमा लिइएको बताए।

‘स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ भट्टराईले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको छ।’

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ। उनीहरूलाई राहत उपलब्ध गराउन आज बिहान जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेको उनले बताए।

दमकल नहुँदा आगो निभाउन समय लागेको हो।

‘दमकल थिएन। स्थानीयको सहयोगमा प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लाग्यो। थप आगो फैलन नदिन एउटा घर प्रहरीले नै भत्काउनुपर्‍यो,’ भट्टराईले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP