मंगलबार , बैसाख २९, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज विहानै एक विज्ञप्ति जारी गरी विरोधमा उत्रिएको नेपाल बार एशोशिएसनलाई वार्ताको आव्हान गरे । उनले अदालतमा सुधारका लागि प्रस्तावसहित विज्ञप्ति जारी गरेपछि बारले भने राजीनामाको अडान कसेर वार्ता अस्वीकार गर्यो । तर, त्यो विज्ञप्ति अस्त्र बनिसकेको छ ।

जबराको अस्त्रले विद्रोहमा उत्रिएका सर्वोच्चका न्यायाधीशहरु विभाजित भए । १९ न्यायाधीशमध्ये ५ जना इजलास बस्ने निर्णयमा पुगे । अन्य न्यायाधीशहरु पनि निरन्तरको इजलास बहिष्कारको विपक्षमा उभिएका छन् । विद्रोही न्यायाधीशहरुको समूह कमजोर हुँदै गएको छ ।

नेपाल बार एशोशिएसनमा पनि वकिलहरु विभाजित भएका छन् । कतिपय पदाधिकारी र सदस्यले प्रधानन्यायाधीशसँग वार्तामा बस्नुपर्ने मत राखेका छन् । बार कोषाध्यक्ष रुद्र पोखरेलले वार्तामा जोड दिएका छन् । न्यायपालिका डुबाउने ठूलो षड्यन्त्र भइरहेको भन्दै सचेत हुन आग्रह गरे । बारभित्रै प्रधानन्यायाधीश जबराको विज्ञप्तिले फरक मतहरु आउन थालेका छन् ।

कानुन व्यवसायीहरुमध्ये नेपाली काँग्रेस र नेकपा एमालेनिकट अधिकांश बारको आन्दोलनप्रति असन्तुष्ट बन्दै गएका छन् । निरन्तरको इजलास बहिष्कारले नकारात्मक सन्देश गएको भन्दै आलोचना गर्न थालेका छन् । काँग्रेस र एमालेनिकट कानुन व्यवसायीहरुको संगठनले तिहार अगाडि नै विज्ञप्ति जारी गरी इजलास बहिष्कारको आलोचना गरेका थिए ।

अहिले प्रधानन्यायाधीश जबराको अस्त्रले एकै दिनमा फरक परिस्थिति विकास भएको छ । पूर्वन्यायाधीश फोरममा पनि जबराको राजीनामा माग्ने मत घट्दै गएको छ । पूर्वप्रधानन्यायाधीश मध्ये ४ जनाले मात्र राजीनामा मागेका छन् । अन्य प्रधानन्यायाधीशहरु मौन छन् । उनीहरु जबराको राजीनामाको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP