मंगलबार , बैसाख २९, २०८३

नेपाली काँग्रेसले १४ औं महाधिवेशनको लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । आइतबार सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले मूल तयारी समितिका साथै अन्य विभिन्न समिति पनि गठन गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मूल आयोजक समितिमा सबै केन्द्रीय समितिका सदस्यहरू पदेन सदस्य रहनेछन् । बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन, प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा प्रचार प्रसार समिति गरेको छ । यस्तै सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ ।महाधिवेशनमा विदेशी पाहुनाहरूलाई स्वागत सत्कार गर्ने समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री डा. प्रकाशशरण महतलाई दिइएको छ । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नेतृत्वमा स्वास्थ्य समिति र सांस्कृतिक समितिको संयोजक केन्द्रीय सदस्य सीता गुरुङलाई तोकिएको छ । सदस्य छनोटको अधिकार संयोजकलाई नै दिइएको छ ।

काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई मञ्च व्यवस्थापनको नेतृत्व दिइएको छ । मञ्च व्यवस्थापन समितिमा ललितपुर र भक्तपुरका जिल्ला सभापति सदस्य रहेका छन्। जिल्ला सभापति बानियाँ बाहेक संस्थापन पक्षका नेतालाई मात्र समिति संयोजक बनाइएको छ । प्रदेश अधिवेशन समन्वय समिति गठन गर्दा पनि देउवा समूहलाई चार, रामचन्द्र पौडेल समूहलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एक प्रदेश संयोजक दिइएको छ ।

प्रदेश नम्बर १ को संयोजकको जिम्मेवारी नेता सिटौलालाई र प्रदेश नम्बर २ को जिम्मेवारी रमेश रिजाललाई दिइएको छ । बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई प्रदेश अधिवेशन समन्वय संयोजक तोकिएको छ ।

रिजाल, खाण, शाही र श्रेष्ठ देउवा समूहबाट प्रदेश अधिवेशन समन्वय संयोजक बनेका हुन् भने सिंह र बडूले पौडेल समूहको प्रतिनिधित्व गर्छन् । सिटौला समूहबाट उनी आफै प्रदेश एक संयोजक बनेका छन् । काँग्रेसले मंसिर १६- १७ गते प्रदेश अधिवेशन र मंसिर २४ – २६ गते महाधिवेशन गर्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP