मंगलबार , बैसाख २९, २०८३

मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

हिम पहिराे खस्दा घाइते भएकाहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार चलिरहेको छ । घाइते भएकाहरू मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि भागाभाग हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसोको गोडामा चोट लागेको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण आएको छैन ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको मानापाथी हिमालबाट हिम पहिरो खसेको शर्माले बताउनुभयो । हिम पहिराे खस्दा केही चौरी गाइ हराएका स्थानीयवासीले बताएका प्रहरीले जनाएकाे छ । हिम पहिरोले स्थानीयवासी रमला तुलाचनको घरको छत पनि उडाएको छ ।

हिम पहिरो खसेको ठाउँबाट लेदो पनि खसिरहेकाले त्यहाँका स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । फेरि हिमपहिरो आयो भने बस्ती जोखिममा पर्न सक्ने भन्दै उनीहरूलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो । तर अहिलेकै अवस्थामा भने बस्ती जोखिममा नपर्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP