मंगलबार , बैसाख २९, २०८३

न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ ।

गएराति युएईको दुबईमा भएको फाइनलमा अष्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले निराश पार्दै पहिलोपटक टि–२० विश्वकपको उपाधि उचालेको हो ।

Bidh lab
अष्ट्रेलियालाई सहज जित दिलाउन मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ गरेका थिए । मार्स फाइनलको प्लेयर अफ दि म्याच भए भने वार्नर प्लेयर अफ दि सिरिज घोषणा भए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेले ।

न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्न सफल भयो ।

कप्तान आरोन फिन्च पाँच रन आउट भउपछि १५ रनमा पहिलो विकेट गुमाएको अस्ट्रेलियाको इनिङ मार्स र वार्नरले सम्हालेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ३८ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए ।

त्यसपछि पनि मार्सले इनिङ सम्हाले । सोक्रममा उनले मार्सले अविजित ५० बलमा ७७ रन बनाए । मार्सले ६ चौका र चार छक्का प्रहार गरेका थिए । ग्लेन म्याक्सवेलसँग अविजित ६६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई मार्सले जित दिलाए । चौंथो क्रममा आएका म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्कासहित अविजित २८ रन जोडे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टबाहेक अन्य खेलाडीले बलिङमा राम्रो पदर्शन गर्न नसक्दा अष्ट्रेलिया सहजै लक्ष्यमा पुगेको हो । चार ओभर खेलेका बोल्टले मात्र १८ रन खर्चिएर दुई विकेट लिए । न्युजिल्यान्डले लिएका दुईवटै विकेट उनको नाममा रहे ।

यसअघि, टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो ।

केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा परिपक्व ब्याटिङका साथ ८५ रनको अर्धसतकीय इनिङ खेले ।

ओपनर डारिल मिचेल ११ रनमा आउट भएपछि दबाबमा आएको न्युजिल्यान्डको इनिङ सम्हाल्ने क्रममा विलियम्सनले दोस्रो विकेटका लागि मार्टिन गप्टिलसँग ४८ तथा तेस्रो विकेटका लागि ग्लिन फिलिप्ससँग ६८ रनको साझेदारी गरे ।

सो क्रममा विलियम्सनले ४८ बलमा १० चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, मार्टिन गुप्तिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३, डारयल मिचेलले ११ तथा टिम सेइफेर्टले आठ रनको योगदान दिएपछि न्युजिल्यान्डले १७२ रनको योगफल खडा गरेको थियो । यद्यपि, बलरहरूले गतिलो प्रदर्शन गर्न नसक्दा यो जितका लागि पर्याप्त भएन ।

अस्ट्रेलियाका लागि जोस हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै, एडम जाम्पाले एक विकेट हात पारेका थिए ।

यससँगै टि–२० विश्वकपको सातौं संस्करण सकिएको छ । वेस्ट इन्डिजले सर्वाधिक दुईपटक उपाधि जितेको छ ।

यसैगरी, भारत, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक÷एक पटक उपाधि जितेका थिए ।

एकदिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाका लागि यो पहिलो टि–२० विश्वकप उपाधि हो ।

टोलीले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन । सन् २०१० मा भने फाइनलमा पुगेको थियो ।

अर्कोतिर, न्युजिल्यान्ड भने पहिलोपटक टि–२० को फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP