मंगलबार , बैसाख २९, २०८३

चिनियाँ गुप्तचरहरु विभिन्न भेषमा नेपालमा सक्रिय भएको भन्दै विअनले खबर प्रकाशित गरेको छ । उसले नेपालको सुरक्षा निकायले चिनियाँ गुप्तचरहरुको गोप्य सामाग्रीहरु पत्ता लगाएको विषय पनि उल्लेख गरेको छ ।

नाम उल्लेख नगरी एक नेपाली दैनिकले यस्तो खबर प्रकाशित गरेको भन्दै चिनियाँ गुप्तचरहरु नेपालको अरु देशहरुसँगको सम्बन्ध बिगार्न सक्रिय रहेको भनेको छ । कुटनीतिज्ञ, पत्रकार र व्यवसायीको भेषमा गुप्तचरहरु नेपालमा सक्रिय रहेको उल्लेख गरेको छ । उनीहरु चीनको रक्षा मन्त्रालयबाट परिचालित भएको समाचारमा भनिएको छ ।

५० पेज लामो गोप्य विवरणले चीन नेपालको अमेरिकासँगको सम्बन्ध बिगार्न लागिपरेको भनिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध योजनावद्ध तरिकाले प्रोपोगान्डा मच्चाएर माहोल बिगार्न लागेको आरोप समेत लगाइएको छ ।

विअनले मिडिया रिपोर्ट उदृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा रहेको र माओवादी अध्यक्ष प्रचण्ड अवरोध खडा गरिरहेको उल्लेख छ । जसरी हुन्छ एमसीसी असफल बनाउन चिनियाँ गुप्तचरहरु लागेको मिडिया रिपोर्टबारे विअनको समाचारमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP