मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो पार्टी अदालतभित्रको विवादको विषयमा न्यूट्रल बस्नुपर्ने धारणा राखेका छन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सभापति देउवाले न्यायालयको विवादको विषयमा पार्टीभित्र छलफल गर्न उचित नहुने धारणा राखेको एक नेताले जानकारी दिए । सभापति देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने–‘अहिले न्यायालयभित्रको विवादको विषयमा पार्टीमा छलफलको विषय बनाउनुहुँदैन्, यो पार्टीमा बहस गर्ने विषय होईन् ।

’देउवाले न्यायालय स्वतन्त्र अंग भएकोले त्यहाँभित्र उत्पन्न भएको विवाद न्यायालयले नै हल गर्नुपर्ने र आफुहरुले त्यही अपेक्षा राखेको सुनाएका थिए । पछिल्लो समय प्रधानन्यायाधी चोलेन्द्र शमेशर जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन गरिरहेको छ । बारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिनेपनि चेतावनी दिएको छ ।

उता, प्रधानन्यायाधीश जबराले पनि आफू संवैधानिक रुपमा नियुक्त भएर आएको व्यक्ति भएकोले संवैधानिक रुपबाट नै जान तयार रहेको तर कसैले माग्दैमा राजीनामा नदिने अडान राख्दै आएका छन् । पछिल्लो समय बारको आन्दोलनले उग्र रुप लिन थालेको छ । कतिसम्म बारले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने प्रयास गरेको छ । सर्वोच्चको मूल गेटमै बारले धर्ना दिने गरेको छ ।

तर, प्रधानन्यायाधीश जबरा भने बारको अवरोधका बावजुद पनि प्रहरी प्रशासनको सहयोगमा वैकल्पिक गेटमार्फत अदालत प्रवेश गर्दै आएका छन् । नागरिक समाज, नेपाल बार एशोसिएशन, बरिष्ठ अधिवक्ताहरु लगायतले अहिले न्यायालयभित्रको विवादको विषयमा दलहरुले मौनता साँधेको भनेर आलोचना गरिरहेका छन् ।

यो बेलामा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा प्रवेश नगराउन सभापति एवम् प्रधानमन्त्री देउवाले नै भन्नुले ठूलो अर्थ राख्दछ। प्रधानमन्त्री देउवाले त आजको बैठकमा ‘सडकबाट प्रधानन्यायाधीश हटाउने पक्षमा कांग्रेस छैन्’ भनेर बडो स्पष्ट शब्दमा आफ्नो धारणा राखेका छन् । र, उनले यो विषय पार्टीको एजेण्डा नबन्ने पनि आफ्नो निचोड सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP