मंगलबार , अषोज २७, २०८३

प्रबासी जिवन त्यति सहज र सरल छैन । त्यसमाथि अरूको देशलाई कर्मभूमि मनाएर अगाडि बढ्नु पर्दाको संघर्ष अनि आफू स्थापित हुन गर्नु परेको दुख सांच्चै पिडादायक नै हुन्छ । त्यसो त, प्रबासमा कुनै क्षेत्र बिधामा उचाई हात पार्न सकियो भने अरूको मूलुकबाट हात पर्ने उपलब्धि अनि सफलता कम मिठो र स्वादिलो पनि हुंदैन ।

प्रबासलाई कर्मभूमि बनाएर त्यै मूलुकको मूल राजनितीमा प्रबेश गरेका ऐलेक्स कार्कीले अब चांडै सफलताको स्वाद चाख्न पाउंने भएका छन अष्ट्रेलियाको मुख्य दल मध्येको एक लेभर पार्टीले एलेक्सलाई न्यु साउथ वेल्स राज्यको स्थानिय निकायको चुनावमा टिकट दिएपछीको चर्चाले अष्ट्रेलिया मात्र नभई जन्मभूमि नेपालमा पनि ब्यापकता पाएको छ ।

जम्मा ३७ वर्षका दोलखामा जन्मिएका यी नेपाली ठिटो मूलत: इन्जिनियर हुन । एलेक्स कार्की यतिबेला चुनावी मैदानमा होमिएका छन । एलेक्सले सिड्नीको द हिल स्राइन काउन्सिलको काउन्सिलर पदमा टिकट पाएका हुन । न्यु साउथ वेल्स राज्यमा आगामी डिसेम्बर ४ तारिखमा स्थानिय निकायको चुनाव हुदैछ । काउन्सिलको चार वटा वडा मध्ये वेष्ट वार्डबाट एलेक्स चुनाव लड्दै छन ।

अष्ट्रेलियाबाट सन्चालनमा आउंने अनलाईन पोर्टल नेपाल ट्यूबका अनुसार एलेक्सको टिममा ३ जनाको समुह छ । बारबरा बुर्टन र मोनिका ट्रेसी सहितको तीन जनाको समुहमा एलेक्स दोस्रो नम्बरमा छन । विजयी हुने प्राथमिकताका आधारमा पार्टीले उमेदवारहरूको नम्बर तोक्ने गर्छ । सामान्य अवस्थामा १ र २ नम्बरका उमेदवारले जित्ने संभावना हुन्छ । यस कारण पनि जितमा ऐलेक्स कार्कीको संभावना प्रबल देखिएको छ ।स्थानिय समुदायसंग निकै राम्रो पहिचान भएकाले पनि यी जुझारू यूबक ऐलेक्स कार्कीको जित तर्फ आशाबादी हुनु परेको अबस्था रहेको कुरा बुझिएको छ ।

पेशाले सिभिल इन्जिनियर एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । एलेक्सले सिड्नीको युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेभर पार्टीको सदस्यता लिएका थिए । बिध्यार्थी जिबनमा सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसकेका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत छन ।

न्यु साउथ वेल्स राज्यमा आगामी डिसेम्बर ४ तारिखमा हुन लागेको स्थानिय निकायको चुनावमा काउन्सिलको चार वटा वडा मध्ये वेष्ट वार्डबाट एलेक्स चुनाव लड्दै छन -‘ यतिबेला प्रबासमा बसिरहेको हामीलाई अष्ट्रेलियको मूल राजनिती पार्टीले दिएको अबसर र हामीमाथि गरेको बिश्वास पनि ठूलो कुरा हो -‘ ऐलेक्सले बताए । उनि अगाडि भन्छन -‘ जित तर्फ त म आशाबादी छंदै छु । त्यसमाथि अष्ट्रेलियामा हुर्किरहेका हाम्रा दोस्रो पुस्तालाई यहांको मूल राजनितीमा लाग्न मेरो उमेदवारी र उपस्थिति सांच्चै प्रेरणा र हौशला पनि हो -‘ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP