बिहिबार , जेठ २, २०८२

देशमा अमेरिकी चासो बढ्दै गएको छ । अमेरिकाले उच्च अधिकारीहरु नेपाल भ्रमणमा पठाउन थालेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् ।अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउँदो बुधबार नेपाल आउँदैछन् । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् ।

लू एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए ।

नेपाल भ्रमणका क्रममा लूले प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुलाई भेट्ने तय भएको छ ।

यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपप्रमुख फतिमा सुमार दुई महिना अघि नेपाल आएकी थिइन् । उनले एमसीसी पारित गर्नेबारे शिर्ष नेताहरुसँग छलफल गरेकी थिइन् ।

सुमारको भ्रमण भएको दुई महिनापछि उपविदेशमन्त्री लू आउनुलाई अर्थपूर्ण मानिएको छ । उनले पनि एमसीसीबारे शिर्ष नेतृत्वसँग कुराकानी गर्ने बुझिएको छ ।

पछिल्लो समय अमेरिकाले नेपाल मामलामा चासो बढाउँदै लगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग बेलायतमा अनौपचारिक भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP