आइतबार , भाद्र १४, २०८३

देशमा एकपछि अर्को खतरनाक अवस्थाहरु विकास भएर गएका छन् । जताततै द्वन्द्वका खतराहरु देखापरेका हुन् । राजनीतिक दलहरुभित्र विभाजन र विवाद चुलिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ । एमाले फेरि फुटेको छ । उक्त दलभित्र फेरि नयाँ विवाद चुलिएको छ ।

नेपाली काँग्रेस महाधिवेशन नजिकिदै गर्दा नयाँ समस्या नजिक पुगेको छ । काँग्रेसभित्र नयाँ गुटहरु विकास भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भएपनि उनी नयाँ चुनौतीहरु झेल्न थालेका छन् ।

यतिबेला सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोशिएसन आन्दोलनमा छ । अदालत द्वन्द्वको अखडा बनेको छ । नेपालको इतिहासमा सर्वोच्च अदालतभित्र यति धेरै राजनीतिक गतिविधिहरु कहिल्यै भएको थिएन ।

धार्मिक हिंसा भड्कने खतराहरु बढेको छ । जनकपुरमा निषेधाज्ञा नै लगाउनुपर्ने अवस्था बनेको छ । त्यहाँ हिन्दू र मुसलमानबीच हिंसाको खतरा बढेको हो ।

धर्मको विषय राजनीतिमा विस्तारै हावी हुन थालेको छ । जनगणनाका क्रममा विभिन्न धार्मिक संघ संगठन सक्रिय भएका छन् । उनीहरु आफ्नो धर्मालम्बीको जनसंख्या बढी देखाउन सक्रिय भएका हुन् । विदेशीलाई हेर्ने दृष्टिकोणबारे राजनीतिक दलहरुभित्र ठूलो मतभेद देखिन थालेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे सत्ता गठबन्धनभित्रै विवाद छ । भारत, चीन र पश्चिमालाई हेर्ने दृष्टिकोणमा निकै ठूलो मतभेद दल र तिनका नेताहरुमा छ । विस्तारै विदेशीको चासो र प्रभाव देशका हरेक क्षेत्रमा बढ्दो छ । यसले देशका महत्वपूर्ण निकायहरु समेत कहीं न कहीं प्रभावित भएको छ ।

विवादहरु बढ्दै गएका छन् । विशेषगरी धर्म र राजनीतिक प्रणालीसम्बन्धी मुद्दाले नयाँ बहस निकालेको छ । टकरावहरु बढेका छन् । यसले द्वन्द्व चुलिने खतरा बढेको छ । देशमा मूठभेडको खतरा बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP