मंगलबार , बैसाख २९, २०८३

जनकपुरधाम उपमहानगरपालिका-२० मा स्थानीय दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो दोहोरो झडप भएको हो ।

स्थिति तनावग्रस्त भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार (आज) दिउँसो २ देखि आइतबार राति १० बजेसम्मका लागि यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।

झडपमा परेर ६ प्रहरी घाइते भएका छन् । धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले एकजना नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि २७ राउन्ड अश्रुग्यास प्रहार गरेको उनले बताए ।

छठ पर्वको दिन देवपुरा, रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवादपछि झडप हुँदा चारजना घाइते भएका थिए । सोही विषयलाई लिएर शनिबार पुनः दुई समूहबीच विवादसँगै झडप भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP