शुक्रबार , बैसाख २६, २०८२

नेपाली काँग्रेसले सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गरेको छ । आज पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले अदालतको समस्या समाधानका लागि राजनीतिक तहबाट पहल गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले न्यायालयमा इजलास बहिष्कार चलिरहँदा काँग्रेसले स्पष्ट धारणा ल्याउनुपर्ने धारणा राखेको बुझिएको छ ।

सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विषय त्यहींभित्रैबाट समाधान हुनुपर्ने भन्दै काँग्रेस नबोल्ने बताएका थिए । प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएको र नेपाल बार एशोशिएसन आन्दोलनमा उत्रिएर दलहरुलाई भूमिका खेल्न माग गरिरहेको अवस्थामा देउवाले यसबारे काँग्रेस नबोल्ने स्पष्ट पारेका हुन् । उनले घुमाउरो तरिकाले बैठकमा प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा रहेको सन्देश दिएका छन् ।

विश्वस्त स्रोतका अनुसार देउवा प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा छन् । उनले निकटस्थसँग प्रधानन्यायाधीशलाई राजीनामा दिन वाध्य पार्ने अहिलेको परिपाठी विकास भएमा भविष्यमा अरु समस्या आउनेबारे सचेत गराएका छन् ।

सत्ता गठबन्धनभित्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीनिकट कानुन व्यवसायीहरु प्रधानन्यायधीश जबराको राजीनामाको पक्षमा उभिएका छन् । नेपाली काँग्रेसका अधिकांश कानुन व्यवसायीहरु जबराको राजीनामाको विपक्षमा देखिएका छन् । केही कानुन व्यवसायी मात्र राजीनामाको पक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP