आइतबार , भाद्र १४, २०८३

नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।

नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको छ । त्यसका लागि प्रतिनिधि छनोटदेखि नै सहमति खोज्न कतिपय नेताहरूले जोड दिँदै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ महाधिवेशन प्रतिनिधि छनोट गर्दा उच्च समझदारी अपनाउन आव्हान गरेका छन् । सुदूरपश्चिम लगायतका केही स्थानमा भने पार्टी सदस्यताको विवाद छ । ती स्थानमा जथाभाबी सदस्यता वितरण गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । तीनवटा विधिबाट महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था गरेको एमालेले कतिपय जिल्लामा यसअघि नै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय सङ्गठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गर्ने व्यवस्था छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापकीय पक्ष मूल व्यवस्थापन समितिले गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP