आइतबार , भाद्र १४, २०८३

क्रियाशील विवादलगायतका विविध कारणले रोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरू हुँदैछ।

यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएका छन्।

विवादका कारण बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजबाट सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आज वडा अधिवेशन हुँदैछ।

यस्तै सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा आज वडा अधिवेशन नहुने भएको छ। सिन्धुपाल्चोकमा ३० गते वडा अधिवेशन हुनेछ भने पर्सामा अझै टुंगो लागेको छैन। यता सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP