मंगलबार , बैसाख २९, २०८३

कोरोनाविरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने दाहालले बताए । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ ।

फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने उनले बताए । यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ । त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए ।

उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।

फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह यी हुन्

— मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।

— मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।

— जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका ।

— फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका ।

— अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका ।

— अङ्ग प्रत्यारोपण गरेका ।

— उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका ।

— रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।

— मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।

यी हुन काठमाडौं उपत्यकामा खोप लगाइने ८ अस्पताल

– वीर अस्पताल

– त्रिवि शिक्षण अस्पताल

– निजामती सेवा अस्पताल

– सहिद गंगालाल हृदय केन्द्र

– भक्तपुर क्यान्सर अस्पताल

– पाटन अस्पताल

– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

– वीरेन्द्र सैनिक अस्पताल

यी हुन् उपत्यका बाहिरका खोप लगाइने अस्पताल

– मेची अस्पताल

– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

– जनकपुर अस्पताल

– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

– गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान

– लुम्बिनी प्रादेशिक अस्पताल

– भेरी अस्पताल

– डडेलधुरा अस्पताल

– कोशी अस्पताल

– गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान

– नारायणी अस्पताल

– धुलिखेल अस्पताल

– धवलागिरि अस्पताल

– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

– कर्णाली प्रादेशिक अस्पताल

– सेती अस्पताल

फाइजर खोप लगाएपछि देखिन सक्ने सामान्य असर

– सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने

– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने

– मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने

– खान मन नलाग्ने र वाकवाकी लाग्ने

– थकाई लाग्ने

– सुई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने

यी समस्या भएमा नआत्तिन चिकित्सकको सुझाव छ । यस्ता समस्या भएमा २–३ दिन पछि आफै ठिक हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

फाइजर खोप लगाएपछि अपवादमा अवाञ्छित घटना पनि हुन सक्छ । जस्तै, एनाफाइलेक्सिस्, मायोकार्डाइसी, पेरीकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने र चिलाउने, शरीरभरि डाबर आउने र चिलाउने, अनुहार सुन्निने लक्षणहरु देखिन सक्छन् । पखाला लाग्ने, बान्ता हुने, सुई लगाएको हात धेरै नै दुख्ने तथा बेहोस हुनेजस्ता लक्षणहरु देखिन पनि सक्ने शाखा प्रमुख दाहालको भनाइ छ ।

खोप लगाइसकेपछि कम्तीमा ३० मिनेटसम्म खोप केन्द्रमा अनिवार्य रुपमा बस्नुपर्ने उनले बताए । खोप दिइसकेपछि एनाफाइलेक्सिस् प्रतिक्रियाको निगरानीसमेत गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP