मंगलबार , भाद्र १६, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानून व्यवसायीले सर्वोच्चको प्रवेशद्वारमा धर्ना दिए पनि भित्र भने मुद्दाहरूको नियमित पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश राणाले आफूबाहेकका न्यायाधीश सम्मिलित ८ इजलास तोकेका हुन् । यद्यपि अहिलेसम्म राणा सर्वोच्च पुगिनसकेको सर्वोच्च स्रोतले जानकारी दियो ।

दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीका लागि भने एकल इजलास गठन गरिएको छ ।

नेपाल बार एसोसिएसनले आज इजलास बहिस्कार गर्ने घोषणा बिहीवार नै गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP