आइतबार , भाद्र १४, २०८३

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने तयारी गरेको छ । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ । बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा ७ घाइते भएपछि बारले आज कडा आन्दोलनको तयारी गरेको छ ।

बारले विहिबार नै विज्ञप्ति जारी गरेर कडा आन्दोलनको चेतावनी दिईसकेको छ। महासचिव लीलामणि पौडलद्वारा जारी विज्ञप्तिमा अहिले बिहान ९ः३० बजे नै सबै कानुन व्यवसायीहरुलाई बार कार्यालयमा उपस्थित हुन निर्देशन जारी भएको छ ।

साथै, आज सर्वोच्च अदालतका कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, वेञ्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न बारले निर्देशन दिएको छ ।

साथै, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणालाई गेटमै रोक्ने घोषणा गरेका छन्। त्यसैका लागि वकिलहरुलाई अहिले ९ः३० बजे उपस्थित हुन बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP