मंगलबार , बैसाख २९, २०८३

पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले टी २० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा गराएका हुन् । उनले लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पा¥यो ।

यसअघि टस हारेर फिल्डिङ गरेको पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए ।

अस्ट्रेलियाका मिसेल स्टार्सले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १ विकेट लिए । जवाफी ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शुन्यमै गुमाएको थियो । डेभिड वार्नरले ४९ रनको पारी खेलेपनि १०.१ ओभरमा सदाब खानको बलमा मोहम्मद रिजवानले उनलाई क्याचआउट गरेका थिए ।

त्यसपछि दबाबमा देखिएको अस्ट्रेलियाले १२.२ ओभरमा आफ्नो ५ विकेट गुमाइसकेको थियो । तर, त्यसयता, मार्कस स्टोनिस र माथियु वाडेले उत्कृष्ट खेल्दै अस्ट्रेलियालाई खेल जिताए । स्टोनिसले ३१ बल सामना गर्दै २ चौका र २ छक्कासहित अविजित ४० र वाडेले ४ छक्का र २ चौकासहित अविजित ४१ रन प्रहार गरे । पाकिस्तानबाट सदाब खानले ४ र साहिन शाह अफ्रिदीले १ विकेट लिए ।

फाइनलमा अब अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । इङल्यान्डलाई हराएर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP