आइतबार , भाद्र १४, २०८३

आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, उपसभापति विजयकुमार गच्छदारलगायतका नेतासँग छलफल गर्नुभएको थियो ।

उक्त छलफलमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसमेत राखेर तयारी अघि बढाइरहेका उपसभापति विमलेन्द्र निधिको सहभागिता रहेको थियो ।

सहमहामन्त्री डा. महतले नेपाल सभापतिसँगको भेट नियमित र सामान्य भएको प्रतिक्रिया दिए । स्रोतका अनुसार बिहीबारको छलफल विशेष गरी निधिलाई पनि आफ्नो टिममा समेटेर देउवाले आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी गर्ने रणनीतिस्वरूप भएको हो ।

काँग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको तयारीबारे छलफल गर्न र कात्तिक २८ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न कात्तिक २७ गते पदाधिकारी बैठक बस्ने कांग्रेस सहमहामन्त्री डा. महतले जानकारी दिए ।

कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापनइतर समूहले देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिन नसकिरहेका बेलामा देउवाले भने आफ्नो नेतृत्वमा टिमसहित महाधिवेशनमा होमिने तयारी गरिसकेका छन् ।

संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदै आएका छन् । यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP