मंगलबार , अषोज २७, २०८३

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अस्ट्रेलियाका कप्तान अरोन फिन्चले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पकिस्तानले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा जित निकाल्दै पाकिस्तान फाइनलमा पुग्ने योजनामा छ । पाकिस्तान सुपर–१२ मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटमा दुईपटक फाइनल पुगिसकेको टोली हो । सन् २००७ मा फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २००९ को विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै च्याम्पियन बनेको थियो ।

अस्ट्रेलिया पनि कमजोर टोली भने होइन । सन् २०१० को विश्वकप क्रिकेटमा फाइनल पुगेर उपाधि जित्न चुकेको अस्ट्रेलिया पाकिस्तानलाई हराउँदै उपाधिका लागि न्युजिल्यान्डसामु बलियो चुनौती पेस गर्ने योजनामा छ ।

अस्ट्रेलिया र पाकिस्तानबीच टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म २३ खेल भएका छन् । जसमा पाकिस्तानले १३ खेल जितेको छ भने अस्ट्रेलिया नौ खेलमा विजयी भएको छ । दुई टोलीबीच टी–ट्वान्टी विश्वकपमा भएका ६ मध्ये पाकिस्तान र अस्ट्रेलियाले समान तीन/तीन खेलमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP