मंगलबार , बैसाख २९, २०८३

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी १० महिनाकी छोरी वामिकालाई हालै अनलाइन बलात्कारको धम्की आएको छ । वामिकालाई धम्की दिने आरोपीलाई मुम्बई प्रहरीको साइबर सेलले हैदराबादबाट पक्राउ गरेको हो ।

टी–२० विश्वकपमा भारतको लगातार पराजयपछि यी २३ वर्षीय युवकले विराट र अनुष्काकी छोरीलाई बलात्कारको धम्की दिएका थिए । यी व्यक्ति पेशाले सफ्टवेयर इन्जिनियर हुन् ।

रिपोर्टका अनुसार प्रहरीले आरोपीलाई हैदराबादबाट मुम्बईमा ल्याएको छ । प्रहरीले आरोपीलाई मुम्बई ल्याएर अनुसन्धान गर्ने भएको छ। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले धम्कीको विषयमा कारबाही गर्न दिल्ली प्रहरीको साइबर क्राइम शाखालाई पत्र लेखेकी थिइन्।

बलिउडकी सुन्दर अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली यसै वर्ष ११ जनवरीमा छोरीको आमाबुवा बनेका हुन् । उनीहरुले छोरीको नाम वामिका राखेका छन् । यो जोडीले अहिलेसम्म आफ्नो छोरीको अनुहार फ्यानलाई देखाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP